वर्षान्तको ह्याङओभरबिच सेयर बजारमा लगातार वृद्धि, अढाई महिनापछि २७ सय माथि
काठमाडौँ । सेयर बजार परिसूचक नेप्से लगातार पाँचौँ दिन बढेको छ । साताको पहिलो दिन आइतबारदेखि नै बढ्न सुरु गरेको नेप्सेले पाँचौँ दिन पनि निरन्तरता दिएको हो ।
बिहीबार बजार परिसूचक नेप्से ९.१४ अङ्कले बढेर २७०३.९६ अङ्कमा पुगेको हो । योसँगै करिब साढे २ महिनापछि बजारले २७०० को मनोवैज्ञानिक अङ्क पार परेको छ । यसअघि अप्रिल २३ मा बजार सो सीमाबाट तल झरेको थियो ।
यसअघि लगातार चार दिन बजार बढेको थियो । आइतबार २६.५३ अङ्क, सोमबार ९.१९ अङ्क र २८.९१ अङ्क र बुधबार बजार ३४.४२ अङ्कले बढेको थियो । आजको वृद्धिसँगै चार दिनमा बजारको वृद्धि १०८.१६ अङ्क पुगेको छ ।
आजको बजारमा कारोबार केही घटे पनि उत्साहप्रद नै देखिन्छ । दिनभरमा कुल ७ अर्ब ३ करोड ३६ लाख, सोमबार ६ अर्ब ३३ करोड ८५ लाख, मंगलबार ६ अर्ब ८५ करोड ५२ लाख, बुधबार ९ अर्ब २१ करोड र बिहीबार ९ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको थियो ।
बजार बढे पनि आज बहुसङ्ख्यक कम्पनीको मूल्य घटेको छ । २४७ कम्पनीमध्ये आज १२५ कम्पनीको मूल्य घट्दा पनि बजार बढेको हो । आजको बजारमा फाइनान्स, जीवनबीमा, निर्जीवन बीमा र म्युचुअल फण्ड समूहका परिसूचकमा उत्साह देखिएको छ । इन्भेष्टमेन्ट र हाइड्रो समूहमा सबैभन्दा धेरै गिरावट आएको छ ।
आजको बजारमा नेपाल फाइनान्सको सेयर ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्दा सप्तकोशी डेभलपमेन्ट बैंक र गुराँस लघुवित्तको मूल्य सर्किट लेभलमा घटेको छ । कारोबार रकमका आधारमा बुटवल पावर अग्रस्थानमा रह्यो । उक्त कम्पनीको ३१ करोड ६८ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो।
आर्थिक वर्षको अन्तिम समयमा आउँदा यतिवेला ब्याज, बैंकको किस्ता लगायत तिर्नुपर्ने दबाब देखिन्छ । तर यही अवस्थामा पनि बजार बढ्नुलाई सकारात्मक रुपमा हेदिएको छ । २७०० अङ्क पार गरेसँगै बजारले अहिले २६५० अङ्कको पहिलो टेवा र २७५० अङ्कको पहिलो प्रतिरोध विन्दु कायम गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण