मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

‘कुम्भ’ दुई भाषामै मङ्सिरमा प्रदर्शन हुने

शुक्रबार, २० असार २०८२, ०९ : ५६
शुक्रबार, २० असार २०८२

सारांश

  • फिल्म 'कुम्भ' मंसिर १२ गतेबाट प्रदर्शन हुने भएको छ।
  • रन्धिर श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्म नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुनेछ।
  • एक्सन विधाको फिल्ममा अशोक आर्यन, सुनिल थापा लगायतका कलाकारको अभिनय रहेको छ।

काठमाडौँ। फिल्म ‘कुम्भ’ मङ्सिर १२ गतेबाट प्रदर्शन हुने भएको छ । निर्माण युनिटले वितरकसँगको छलफलबाट यो मिति तय गरेको हो । फिल्म रन्धिर श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् ।

ए रस प्रोडक्सन र ध्रुव एस्ट्रो वास्तु स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्म नेपाली र हिन्दी गरेर दुई भाषामा रिलिज हुनेछ। फिल्ममा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरको पनि अभिनय छ। 

एक्सन विधामा निर्माण भएको ‘कुम्भ’ मा अशोक आर्यन,  सुनिल थापा र सुशील पोखरेल, अफ्सना थापा, रोहित रुम्बा र सृष्टि खड्काको मुख्य भूमिका छ। 

छायाङ्कन पनि निर्देशक श्रेष्ठ स्वयंले गरेको फिल्ममा द्वन्द्व निर्देशन सम्राट् बस्नेतको छ।  रन्धिर श्रेष्ठ, ध्रुवराज पराजुली र राजेश शाहको निर्माण रहेको फिल्मका ईश्वर बल्लभ उप्रेती कार्यकारी निर्माता हुन्। फिल्मको वितरण अधिकार श्री राम बालाजी फिल्म्सले लिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप