कर्णाली भौतिक मन्त्रालयका सवारी चालकको शव भेरी नदीमा फेला
सुर्खेत । गत असार ५ गते दिनदेखि सम्पर्कविहीन भएका कर्णाली प्रदेश स्थित भौतिक मन्त्रालयका सवारी चालकको शव भेरी नदीमा फेला परेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालय, सुर्खेतमा सवारी चालकका रूपमा कार्यरत अन्दाजी २९ वर्षीय हिमबहादुर विष्टको शव शुक्रबार भेरी नदी किनारमा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नम्बर २ का विष्ट असार ६ गते बिहान ‘बिरामी छु’ भनेर कार्यालयमा खबर गरेयता सम्पर्कबिहीन भएका थिए ।
यसअघि, उनले प्रयोग गर्ने सरकारी मोटरसाइकल असार ९ गते भेरीगंगा नगरपालिकास्थित भेरी पुल नजिक सडक किनारमा बेवारिसे अवस्थामा फेला परेको थियो ।
खोजतलासकै क्रममा शुक्रबार बराहाताल गाउँपालिका वडा नम्बर ४, साजघाटस्थित भेरी नदी किनारमा उनको शव फेला परेको प्रहरी नायव उपरीक्षक बुढथापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
-
ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण