शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

फाइभ ए साइड इन्डोर हक्कीमा आर्मी च्याम्पियन

शनिबार, २१ असार २०८२, २१ : १२
शनिबार, २१ असार २०८२

काठमाडौँ । नेपालमा पहिलो पटक भएको राष्ट्रिय महिला फाइभ ए साइड इन्डोर हक्की प्रतियोगितामा नेपाल आर्मी क्लब प्रथम भएको छ । फाइनल प्रतिस्पर्धामा आर्मीले सुदूरपश्चिम प्रदेशलाई २–० गोल अन्तरले पराजित गरेको हो । 

भक्तपुरको थिमी स्थित मिडभ्याली कलेजमा एक कार्यक्रम बिच राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले उद्घाटन गरेका थिए भने विजेता खेलाडी तथा टिमलाई सदस्य सचिव टङ्कलाल घिसिङले पुरस्कार प्रदान गरे । प्रथम हुने टिमले ५० हजार र द्वितीय हुने टिमले २५ हजार नगद पुरस्कार प्राप्त गरेको राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी सदस्य तथा नेपाल हक्की सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा आठ गोल गर्न सफल सुदूरपश्चिम प्रदेशकी आशिका एस के वेस्ट स्कोरर हुँदा प्लेयर अफ दि टुर्नामेन्ट नेपाल आर्मीकी सरस्वती तामाङ भएकी छन् । 

यस्तै वेस्ट डिफेन्डरमा सुदूर पश्चिम प्रदेशकी पूर्णिमा नेगी भइन् भने नेपाल आर्मीकी कुस्मा राना मगर वेस्ट गोलकिपर हुँदा बागमती प्रदेशकी सपना तामाङ उदयमान खेलाडी घोषित भएकी छन् । विधागत उत्कृष्ट भएका खेलाडीहरूलाई ट्रफी प्रदान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप