भीम रावलको अध्ययन : स्पेनबाट स्वदेश फर्किँदा विमानस्थलमा किन मौन रहे ओली ?
सारांश
- एमाले नेता भीम रावलले प्रधानमन्त्री ओलीको स्पेन भ्रमणको औचित्य नभएको बताए।
- रावलले भ्रमण व्यक्तिगत लहडमा भएको आरोप लगाउँदै कार्यसूचीविहीन भेटघाटको अर्थ नभएको बताए।
- रावलले प्रधानमन्त्रीको मौनतालाई असफल कूटनीति र व्यक्तिगत लहडको परिणामको रूपमा व्याख्या गरे।
काठमाडौँ । मातृभूमि जागरण अभियान नेपालका प्रस्तावक एवम् एमालेका पूर्व उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली स्पेनमा आयोजित संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनुको कुनै महत्त्व र औचित्य नभएको बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै रावलले प्रधानमन्त्रीको सो भ्रमण व्यक्तिगत लहडमा भएको आरोप लगाएका हुन् ।
नेता रावलले ‘स्पेन भ्रमणबाट स्वदेश फर्किँदा प्रधानमन्त्री विमानस्थलमा मौन रहनुको अन्तर्य’ शीर्षकमा स्टाटस् लेख्दै आफूले सो सम्मेलन र भ्रमणबारे अध्ययन गर्दा विषय विज्ञहरू मात्र सहभागी हुने सो सम्मेलनमा प्रधानमन्त्री ओली सहभागी हुनुको अर्थ नभएको बताएका हुन् ।
उनले आयोजक देशका राजा, प्रधानमन्त्री तथा संयुक्त राष्ट्रसङ्घका महासचिवसँग समेत कार्यसूची विहीन भेटघाटले देशका लागि तथा कूटनीतिका दृष्टिले कुनै अर्थ नराखेको स्पष्ट भएको बताएका छन् । उनले त्यही कारण स्वदेश फर्किने क्रममा प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सँधैको भन्दा फरक किसिमले भ्रमणबारे केही नभनी बाहिरिनुभएको स्पष्ट भएको समेत बताएका छन् ।
रावलले भनेका छन् : ‘आयोजक देशका राजा र प्रधानमन्त्री तथा संयुक्त राष्ट्रसङ्घका महासचिवसँग कार्यसूची विहीन भेटघाटले देशको लागि तथा कूटनीतिक दृष्टिले कुनै अर्थ नराख्ने स्पष्टै छ । यही भएर स्वदेश फिर्तीका अवसरमा विमानस्थलमा प्रधानमन्त्रीको मुख बन्द भएको रहेछ । यसैलाई भन्छन् व्यक्तिगत लहडमा आधारित असफल कूटनीति ।’
देशको जिम्मेवार सरकार प्रमुख वा राष्ट्रप्रमुखले आफ्नो देशको सरकार र दलमा भएको समस्याबारे विदेशमा गएर बोल्न नहुने बताउँदै उनले ओलीले त्यस्ता कुरा समेत गरेको आरोपले लगाएका छन् ।
यस्तो छ रावलको स्टाटस्:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण