बेलीब्रिज उद्घाटन गर्न हुम्ला हिँडेका प्रधानमन्त्री ओली सुर्खेतमा रोकिए
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओली हुम्लाको चुवा खोलामा बन्ने बेलीब्रिजको उद्घाटनका लागि सुर्खेतबाट हुम्ला जान नसकेका हुन्।
- खराब मौसमका कारण प्रधानमन्त्रीसहितको टोली सुर्खेत विमानस्थलमा रोकिएको छ।
- मौसममा सुधार आउनेबित्तिकै प्रधानमन्त्रीको टोली हुम्ला प्रस्थान गर्नेछ।
सुर्खेत । कर्णाली कोरिडोर अन्तर्गत हुम्लाको खार्पुनाथस्थित चुवा खोलामा नवनिर्मित बेलीब्रिजको उद्घाटन गर्न जान लागेका प्रधानमन्त्री केपी शर्मा ओली प्रतिकूल मौसमका कारण सुर्खेतमा रोकिएका छन्।
हुम्ला जाने क्रममा मौसममा खराबी आएपछि प्रधानमन्त्रीको टोली सुर्खेतमै रोकिएको हो। प्रधानमन्त्री ओली बिहान साढे ११ बजेतिर सुर्खेत विमानस्थलमा आइपुगेका थिए ।
उनीसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल पनि हुम्ला जाने कार्यक्रम रहेको छ । हाल प्रधानमन्त्रीसहितको टोली वीरेन्द्रनगरस्थित नेपाली सेनाको उत्तर पश्चिम हेडक्वार्टर, नेवारेमा आराम गरिरहेको मुख्यमन्त्री कँडेलको सचिवालयले जनाएको छ।
हुम्लाको चुवाखोला बेलीब्रिजको उद्घाटन कार्यक्रम बिहान ११ बजेका लागि तय गरिएको थियो। तर, सुर्खेतबाट हुम्ला जाने हवाई मार्ग, विशेष गरी कालिकोट खण्डको मौसममा सुधार नभएपछि प्रधानमन्त्रीको उडान हुन नसकेको हो।
मौसममा सुधार आउनासाथ प्रधानमन्त्रीको टोली हुम्ला प्रस्थान गर्ने बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
-
ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण