सात दिनपछि घट्यो नेप्से : बजार २२ अङ्कले घट्दा ८ अर्ब ३७ करोडको कारोबार
काठमाडौँ । निरन्तर वृद्धि हुँदै आएको नेप्से सात दिनपछि घटेको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । बजार बन्द हुँदा नेप्से परिसूचक २२.३५ अङ्कले घटेर २६८४.०१ को विन्दुमा झरेको हो ।
बजारसँगै कारोबार रकममा पनि केही गिरावट आएको छ । दिनभरमा कुल ८ अर्ब ३७ करोड ७३ लाख २७ हजार रुपैयाँभन्दाको शेयर किनबेच भएको छ । आज बजारमा कुल ७१ हजार ३१३ पटकको कारोबारमा १ करोड ९४ लाख १५ हजार कित्ता शेयर खरिद बिक्री भएका छन् ।
आज कारोबारमा आएका कुल ३११ स्क्रिपमध्ये अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। जम्मा ३९ कम्पनीको मूल्य बढ्दा २०९ कम्पनीको मूल्यमा गिरावट आएको छ । आज कुनै पनि कम्पनीको सेयर मूल्य अपरिवर्तित रहेन ।
उच्च गिरावटका बाबजुद आज होटल तथा पर्यटन तथा म्युचुअल फण्ड समूहका परिसूचक बढेका छन् । फाइनान्स समूह सबैभन्दा धेरै ३.७६ प्रतिशतले घटेको छ । बजार समग्रमा ओरालो लागे पनि माथिल्लो मैलुङखोला हाइड्रोका लगानीकर्ताले सर्वाधिक ६.५६ प्रतिशत कमाएका छन्। त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.२८ प्रतिशत र भगवती हाइड्रोपावरको ४.०६ प्रतिशतले सेयर मूल्य बढेको छ ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रह्यो । कम्पनीको ८० करोड ७० लाख रुपैयाँभन्दा बढीको कारोबार भयो। त्यसैगरी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ४१ करोड ७१ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २४ करोड १७ लाख रुपैयाँको कारोबार भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण