थुनामुक्त भइसकेपछि रमा बस्नेतको बन्दी रिटमा सुनुवाइ !
सारांश
- टिकटकर रमा बस्नेतलाई गैरकानुनी थुनामा राखेको भन्दै बुवाले बन्दी प्रत्यक्षीकरण रिट दायर गरे।
- बस्नेतलाई प्रधानमन्त्री, गृहमन्त्री र कांग्रेस महामन्त्रीलाई गालीगलौज गरेको आरोपमा पक्राउ गरिएको थियो।
- अदालतले उनलाई ३० हजार धरौटीमा छाड्न आदेश दिएपछि उनी रिहा भइन्।
काठमाडौँ । टिकटकर रमा बस्नेतलाई गैरकानुनी थुनामा राखिएको भन्दै उनका बुवा बलदेव बस्नेतले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइका लागि पेसी तोकिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र अव्दुल अजिज मुसलमानको इजलासमा मंगलबार सुनुवाइका लागि पेसी तोकिएको हो ।
यसअघि गत असार १० गते न्यायाधीश कुमार रेग्मीको इजलासले बस्नेतलाई थुनामा राख्नुको कारण विपक्षीसँग माग गरेको थियो । बन्दीको रिटमा सुनुवाइका लागि पेसी तोकिए पनि बस्नेत भने यसअघि नै धरौटी बुझाएर रिहा भइसकेकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई सामाजिक सञ्जाल टिकटकमार्फत गालीगलौज गरेको आरोपमा प्रहरीले गत असार १ गते उनलाई पक्राउ गरेको थियो ।
असार ९ गते बस्नेतका बुवा बलदेवले गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।
प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले असार ११ गते जिल्लामा मुद्दा दायर गरेको थियो । असार १२ गते न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले ३० हजार धरौटीमा छाड्न आदेश गरेपछि उनी धरौटी बुझाएर छुटेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण