बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इरान र प्यालेस्टाइनमाथि आक्रमणविरुद्ध १२ दलले विरोध प्रदर्शन गर्ने

बुधबार, २५ असार २०८२, १७ : १२
बुधबार, २५ असार २०८२

सारांश

  • १२ राजनीतिक दलहरूले प्यालेस्टायन र इरानमाथिको आक्रमणको विरोधमा असार २७ गते राजधानीमा प्रदर्शन गर्ने भएका छन्।
  • जुलुस रत्नपार्कबाट सुरु भई भृकुटीमण्डपमा सभामा परिणत हुनेछ, जसमा विभिन्न दलका नेताहरूले सम्बोधन गर्नेछन्।
  • माओवादी केन्द्रका नेता कुमार पौडेलका अनुसार, बैठकले अमेरिकी र इजरायली आक्रमणको भर्त्सना गर्दै संयुक्त प्रदर्शन गर्ने निर्णय गरेको थियो।

काठमाडौँ । प्यालेस्टायन तथा इरानमाथिको आक्रमण र जनसंहारका विरुद्ध असार २७ गते १२ राजनीतिक दलहरूले राजधानीमा विरोध प्रदर्शन गर्ने भएको छ । दिउँसो २ बजे रत्नपार्कबाट जुलुस सुरु गर्ने र ३ बजे भृकुटीमण्डपमा सभामा परिणत हुनेछ ।

नेकपा (माओवादी केन्द्र) का नेता कुमार पौडेलले जानकारी दिए । गत शुक्रबार माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको विभिन्न दलहरूको संयुक्त बैठकले अमेरिकी र इजरायली आक्रमणको भर्त्सना गर्दै संयुक्त जनप्रर्दशन गर्ने निर्णय गरेको थियो ।

विरोध प्रदर्शनलाई माओवादी, नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी, नेपाल समाजवादी पार्टी, जनता समाजवादी नेपाल, राष्ट्रिय जनमर्चा, जनता समाजवादी पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बहुमत), देशभक्त समाजवादी स्कुल र संवाद डबलीले ऐक्यबद्धता जनाएको छ ।

विरोधसभालाई माओवादीका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव विप्लव, नेसपाका अध्यक्ष महिन्द्र राय यादव, राजमोका अध्यक्ष चित्रबहादुर केसी, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता सिपी गजुरेल लगायत नेताहरूले सम्बोधन गर्ने पौडेलले बताए ।  

कार्यक्रमका नाराहरूमा साम्राज्यवादी युद्ध बन्द गर । विश्व शान्ति कायम गर, प्यालेष्टाइनमाथिको आक्रमण र जनसंहार तथा इरानमाथिको हमला बन्द गर लगायत तय गरेको छ ।

nara

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप