बकैया गाउँपालिकाले गर्यो ७५ प्रतिशत बजेट खर्च
सारांश
- मकवानपुरको बकैया गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा ७५.३५ प्रतिशत बजेट खर्च गरेको छ।
- गाउँपालिकाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा ४८ करोड ५० लाख ८ हजार रुपैयाँ खर्च गरेको छ।
- बकैयाले सुशासन, पारदर्शिता र जनउत्तरदायित्व बढाउने तर्फ केन्द्रित रहेर काम गरिरहेको छ।
हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा कुल बजेटको ७५.३५ प्रतिशत खर्च गरेको छ ।
बकैयाले चालु आर्थिक वर्षका लागि कुल ९३ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरेकामा तेस्रो त्रैमासिक अवधिमा ४८ करोड ५० लाख ८ हजार रुपैयाँ खर्च गरेको हो । बकैयाले कुल खर्चमध्ये पुँजीगत शीर्षकमा २१ करोड ७२ लाख ८४ हजार रुपैयाँ (४४.८२ प्रतिशत) खर्च गरेको जनाएको छ । यसैगरी चालु शीर्षकतर्फ २६ करोड ७७ लाख २४ हजार रुपैयाँ (५५.१८ प्रतिशत) खर्च गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठका अनुसार सार्वजनिक वित्तीय पारदर्शिता कायम राख्ने उद्देश्यले वार्षिक खर्च विवरण सार्वजनिक गरिएको हो । आम नागरिकलाई गाउँपालिकाको आय–व्यय सम्बन्धी अवस्था बुझ्न सक्ने अवसर प्रदान गर्न खर्च विवरण सार्वजनिक गरिएको उनले बताए । बकैयाले सुशासन, पारदर्शिता र जनउत्तरदायित्व बढाउने तर्फ केन्द्रित भएर काम गरिरहेको उनको भनाइ छ ।
विकास योजनाहरूलाई कार्यान्वयन गर्दा बकैयाले स्वास्थ्य, शिक्षा, कृषि र वातावरणमैत्री पूर्वाधारलाई प्राथमिकता दिएको उनले बताए । बकैयाले आगामी आर्थिक वर्षका लागि भने ९१ करोड रुपैयाँको बजेट ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण