नेप्से पुनः संरचनाको प्रस्ताव अर्थ मन्त्रालयमा पेस
सारांश
- नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेप्से पुनः संरचनाका लागि अध्ययन प्रस्ताव अर्थ मन्त्रालयमा पेश गरेको छ।
- नेप्सेका सूचना अधिकारीका अनुसार, अर्थ मन्त्रालयको स्वीकृतिपछि मात्रै दोस्रो चरणको काम सुरु हुनेछ।
- सीईओका अनुसार, विश्वव्यापी प्रणाली अपनाएर नेप्सेलाई नयाँ प्रविधि सहित पुनर्संरचना गर्नुपर्नेछ।
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेप्से पुनः संरचनाका लागि अध्ययन प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरेको जानकारी दिएको छ । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले यस्तो जानकारी दिएका हुन् । उनले नेप्सेले कसरी नेप्से पुनः संरचना गर्ने भन्ने विषयमा अध्ययन गरी अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको जानकारी दिए ।
अधिकारीले लामो समयदेखि अर्थ मन्त्रालयलाई पनि नेप्से पुनः संरचना गर्नुपर्ने विषय उठाउँदै आएको बताए । उनले भने, ‘अहिले आएर यो विषयले बढी नै चर्चा पाएको छ । यो विषय सरकारको नीति तथा कार्यक्रम र बजेटमा पनि आएको छ । हामीले कसरी नेप्से पुनः संरचना गर्ने भन्ने संरचनाको अध्ययन प्रस्तावको रिपोर्ट अर्थ मन्त्रालयमा बुझाएका छौँ ।’
सूचना अधिकारी पराजुलीले नेप्सेले पठाएको प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृति दिएपछि मात्रै दोस्रो चरणमा जाने बाटो खुल्ने बताए ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीइओ) चूडामणि चापागाईंले विश्वभर समान्यतया पाएको प्रणाली ल्याएर नेप्से पुनः संरचना गर्नुपर्ने बताए । उनले नेप्से नयाँ टेक्नोलोजीसहित पुनः संरचना गर्न सकिए पुँजीको वृद्धि र संरचना पनि परिवर्तन हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण