मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

वैवाहिक जीवनमा बाँधिए अभिनेता आर्यन

बिहीबार, २६ असार २०८२, २२ : १०
बिहीबार, २६ असार २०८२

काठमाडौँ । अभिनेता आर्यन अधिकारी बिहीबार वैवाहिक जीवनमा बाँधिएका छन् । उनले भक्तपुर स्थित दुवाकोटकी अनिषा केसीसँग विवाह गरेका हुन् ।उनको विवाह काठमाडौँको एक पार्टी प्यालेसमा सम्पन्न भएको हो । 

उनको र केसीको केही महिना अगाडि इन्गेजमेन्ट भएको थियो ।आर्यनले फिल्म ‘के म तिम्रो होइन र’ बाट चलचित्र क्षेत्र सुरु गरेका थिए । अमेरिकामा रहँदै आएका आर्यनले ‘बटरफ्लाई, बाँध मायाले’ लगायतका चलचित्रमा समेत काम गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप