राष्ट्रपति पौडेलद्वारा पूर्वनिर्वाचन आयुक्त शर्माप्रति श्रद्धाञ्जली व्यक्त
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व आयुक्त एवम् वरिष्ठ पत्रकार इला शर्माको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरे।
- शर्माको शनिबार ह्दयघातका कारण निधन भएको थियो, जसले नेपाली समाजमा ठूलो क्षति पुर्यायो।
- राष्ट्रपतिले शर्माको पत्रकारिता र निर्वाचन आयुक्तको रूपमा गरेको योगदानको स्मरण गरे।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगकी पूर्वआयुक्त एवम् वरिष्ठ पत्रकार इला शर्माको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । शर्माको शनिबार ह्दयघातका कारण निधन भएको थियो ।
राष्ट्रपति पौडेलले शर्माले पत्रकारिताका माध्यमबाट नेपाली समाजलाई पुर्याएको योगदान स्मरणीय रहेको भन्दै निर्वाचन आयुक्तका रूपमा निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गर्दै कामको स्मरण गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
पत्रकारिताको पृष्ठभूमिबाट निर्वाचन आयुक्त बनेकी शर्मा २०६९ देखि २०७५ फागुनसम्म निर्वाचन आयुक्तको जिम्मेवारीमा रहेकी थिइन् । साथै, राष्ट्रपति पौडेलले श्रद्धाञ्जलीमा शर्माको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण