पार्टीकै मन्त्रीविरुद्ध खनियो कांग्रेसको खेलकुद विभाग
सारांश
- युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एनपीएल वर्तमान प्रक्रिया अनुसार गर्न नमिल्ने बताएका छन्।
- कांग्रेस खेलकुद विभागले एनपीएललाई निरन्तरता दिनुपर्ने र आगामी संस्करण भव्य बनाउनुपर्ने बताएको छ।
- मन्त्री चौधरीले एनपीएलमाथि छानबिन गर्न कार्यदल बनाएको र क्यान र सरकार दुवैबाट अनुमति लिनुपर्ने बताए।
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्दै केपी शर्मा ओली नेतृत्वको सरकारमा छन् । उनले नेपाल प्रिमियर लिग (एनपीएल) वर्तमान प्रक्रिया अनुसार गर्न नमिल्ने बताइरहेका छन् ।
तर, उनकै पार्टीको खेलकुद विभागले भने दोस्रो संस्करण अझ भव्य र व्यवस्थित रूपमा सञ्चालन हुनुपर्ने बताएको छ ।
कांग्रेस खेलकुद विभाग प्रमुख उमेशजंग रायमाझीले आइतबार विज्ञप्ति निकाल्दै लेखेका छन्, ‘नेपाली क्रिकेटको विकासमा एनपीएल प्रतियोगिता एउटा महत्वपूर्ण कोशेढुंगाको रूपमा स्थापित भइसकेको सन्दर्भमा यस प्रतियोगितालाई राज्यले विशेष प्राथमिकताका साथ निरन्तरता दिनुपर्छ र आगामी दोस्रो संस्करणलाई अझ भव्य र व्यवस्थित रूपमा आयोजना गर्नुपर्दछ ।’
उनले नेपाली क्रिकेटसँग गाँसिएको सम्पूर्ण नेपाली जनताको भावना र सद्भावप्रति विभाग उच्च कदर प्रकट गर्दै खेलको दिगो विकास र विस्तारमा सरकारले अझ बढी प्राथमिकता दिनुपर्ने विज्ञप्तिमा उल्लेख गरेका छन् ।
त्यस्तै गौतमले राष्ट्रिय खेलकुद परिषद् र एनपीएल भित्र देखिएका विकृति, विसङ्गति र अनियमिततालाई हटाई स्वस्थ, पारदर्शी र अनुशासित व्यवस्थापन प्रणाली निर्माण गर्नु र खेलकुदको समग्र विकाससँगै खेलाडीहरूको अधिकार र हित सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।
मन्त्री चौधरीले अघिल्लो संस्करणका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको भन्दै त्यसको छानबिन गर्न कार्यदल बनाएका बताएका थिए । मन्त्री चौधरीले क्यानसँग मात्रै होइन सरकारसँग पनि प्रतियोगिता गर्न अनुमति लिनुपर्ने बताएका थिए ।
नेपाल प्रिमियर लिग नेपाल क्रिकेट संघमार्फत सञ्चालन हुँदै आएको छ । मन्त्री चौधरीले नियमअनुसार सञ्चालन गर्नुपर्ने बताउँदै आएका छन् ।
मन्त्री चौधरीले आफू विरुद्ध चर्को आलोचना भएपछि नियमानुसार सञ्चालन हुने अपेक्षा सरकारको रहेको विज्ञप्तिमार्फत बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण