आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय
सचिवालय बैठक

आठ घण्टादेखि च्यासलमा एमाले बैठक जारी, विद्या र विधानमा छलफल

बिहीबार, ०१ साउन २०८२, २२ : ०२
बिहीबार, ०१ साउन २०८२

सारांश

  • एमालेको केन्द्रीय सचिवालय बैठक विद्या भण्डारी र विधानबारे छलफल गर्न बसेको थियो।
  • बैठकमा पूर्व राष्ट्रपति भण्डारीको राजनीतिक जीवनबारे चासो व्यक्त गरियो।
  • उपाध्यक्ष पौडेलले पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको संख्या घटाउने प्रस्ताव पेश गरे।

काठमाडौँ । विधान र विद्या भण्डारीबारे छलफल गर्न बसेको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक राति १० बज्दासम्म पनि जारी छ । 

पार्टी मुख्यालय च्यासलमा दिउँसो साढे १ बजे सुरु भएको बैठक यो समाचार तयार पार्दासम्म पनि जारी रहेको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । 

‘१० बजेसम्म बैठक जारी नै छ’, अधिकारीले भने, ‘अव केही बेरमा सकिएला ।’पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा आउने घोषणा गरेपछि बसेको पहिलो सचिवालय बैठकमा विधान अधिवेशन र भण्डारीको व्यवस्थापनबारे छलफल केन्द्रित छ । 

आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले भण्डारीको राजनीतिक यात्राबारे चासो राखेका थिए । बैठकमा उपाध्यक्ष पौडेलले पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको सङ्ख्या घटाउने प्रस्ताव पेस गरेका छन् । 

जसअन्तर्गत १९ सदस्यीय पदाधिकारी ११ सदस्यीय बनाउने पौडेलको प्रस्ताव छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप