सेयर बजारमा उत्साहजनक वृद्धि, १६ अर्ब ३२ करोडकाे कारोबार
काठमाडौँ । सेयर बजारमा सोमबार उत्साहजनक वृद्धि देखिएको छ । साताको दोस्रो दिन आज नेपाल स्टक एक्सचेन्ज .(नेप्से) परिसूचक २१.७६ अङ्कले बढेर २८९२.७२ को विन्दुमा पुगेर बन्द भएको छ ।
आज बजार परिसूचक मात्र नभई कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । दिनभरमा कुल १६ अर्ब ३२ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
अघिल्लो दिन बजारमा २१ अर्ब रुपैयाँको कारोबार भएको थियो । आज कारोबार घटे पनि कारोबारको उत्साह भने कायमै रहेको देखिन्छ । आज बजारमा १४९ कम्पनीका ३११ स्क्रिप्टको कारोबार भएका छन् । त्यसमध्ये १५३ कम्पनीको मूल्य बढेका छन् ।
९६ कम्पनीको मूल्य घटेको देखिन्छ । कारोबार रकमको आधारमा आज नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो । उक्त कम्पनीको ७५ करोड ६६ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो। त्यसैगरी, हिमालयन रिइन्स्योरेन्सको ७५ करोड २८ लाख र बुटवल पावर कम्पनीको ५६ करोड ७९ लाख रुपैयाँको कारोबार भयो ।
आज सबैभन्दा धेरै कमाउने कम्पनीहरूमा थ्रिस्टार हाइड्रोेपावर, ट्रेड टावर, र सान्भी इनर्जी प्रमुख छन्। यी कम्पनीहरूको सेयर मूल्यमा करिब १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।
सप्तकोशी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र ग्रीन डेभलपमेन्ट बैंकमा भने नकारात्मक सर्किट लागेको छ । बजार २९०० को मनोवैज्ञानिक तहभन्दा माथि बन्द हुनु र कारोबार रकम समेत उल्लेख्य हुनुले लगानीकर्ता बजारमा उत्साहित रहेको देखिएको छ ।
बजारमा आज सबै समूहको सूचक सकारात्मक हुँदा मात्रइक्रोफाइनान्स र अन्य समूह २ प्रतिशत भन्दा धेरैले बढेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण