चाक्सिबारी निर्णय सुनाउन ‘सात भाइ’ बूढानीलकण्ठमा
सारांश
- नेपाली कांग्रेसका सात भाइ नेताहरूले सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।
- गठबन्धन सरकारलाई निरन्तरता दिनुपर्ने र २०८४ को निर्वाचनसम्म सहकार्य गर्ने निष्कर्ष निकालियो।
- संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्ने विषयमा छलफल भयो।
काठमाडौँ । नेपाली कांग्रेसका ‘सात भाइ’ सोमबार नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको बैठकले निकालेका निष्कर्षबारे जानकारी गराउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन् । उनीहरू साढे १० बजे देउवा निवास बूढानीलकण्ठमा पुगेका हुन् ।
सोमबारको उनीहरूको भेलाले गठबन्धन सरकारले राम्रो काम गर्नुपर्ने र २०८४ को निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकाको थियो । सात नेताहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन विभिन्न बहस गर्ने र १५औँ महाधिवेशनमा एउटै प्यानल प्यानल बनाउनेबारे छलफल पनि छलफल गरेका थिए ।
बुढानीलकण्ठमा पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ तथा पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, सिंह र डा।शशाङ्क कोइराला तथा पूर्वसहमहामन्त्री तथा वर्तमान कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत पुगेका हुन् । उनीहरूको सोमबारको बैठकले संविधान संशोधनको प्रक्रिया नेपाली कांग्रेस र नेकपा एमालेबिच सरकार गठनका बेला भएको सहमतिअनुरूप अगाडि बढाउनु पर्ने निष्कर्ष निकालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण