‘रिमै’को टिजर : रहस्य, रोमाञ्चक र भावनात्मक कथा
सारांश
- खिल बहादुर गुरुङको फिल्म 'रिमै'को टिजर सार्वजनिक भएको छ।
- टिजरले फिल्मको रहस्यमय, रोमाञ्चक र भावनात्मक कथावस्तु प्रस्तुत गर्ने संकेत गरेको छ।
- फिल्म भदौ २० गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ।
काठमाडौँ । खिल बहादुर गुरुङ निर्देशित फिल्म ‘रिमै’को टिजर सार्वजनिक गरिएको छ ।
प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले प्रचारप्रसारलाई तीव्रता दिन टिजर ल्याएको हो । करिब दुई मिनेटको टिजरले फिल्म रहस्यमय, रोमाञ्चक र भावनात्मक कथा प्रस्तुत गर्ने संकेत गरेको छ ।
टिजरमा ग्रामीण परिवेश, संस्कृति, प्रेम, पीडा र बदला मिसिएको कथावस्तु झल्काइएको छ । दयाहाङ राईको गम्भीर भूमिका, रिश्मा गुरुङको आत्मीय उपस्थिति, अर्पण थापाको रहस्यमय चरित्र र बुद्धि तामाङको गहिरो अभिनयले दर्शकको ध्यान खिच्न सफल भएको देखिन्छ ।
भदौ २० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालिको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । फिल्ममा गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डीबी गुरुङ, टेक गुरुङ र बाल कलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय छ ।
उपेन्द्र सुब्बाको लेखन रहेको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको फिल्ममा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्माताको रुपमा रहेका छन् ।
फिल्ममा दीपक शर्मा र थानेश्वर गौतमको संगीत छ । मित्र डि गुरुङले फिल्म सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण