खातामा पैसा जम्मा नभई अब सेयर कारोबार नहुने
बुधबार, ०७ साउन २०८२, १५ : ५२
काठमाडौँ । सेयर बजारमा कारोबार गर्दा कारोबारअघि खातामा पैसा जम्मा गर्ने व्यवस्था गरिने भएको छ । नेपाल धितोपत्र बोर्डले ल्याएको आर्थिक वर्ष २०८२/८३ को कार्यक्रम सार्वजनिक गर्दै यस्तो व्यवस्था गर्ने जनाएको हो ।
अहिले सेयर कारोबार गर्दा कारोबार रकमको २५ प्रतिशत अग्रिम रूपमा जम्मा गर्नुपर्ने व्यवस्था छ । तर, अहिले यसबापतको चेक दिएर पनि कारोबार गरिँदै आएको थियो । त्यसरी रकम जम्मा भएपछि शतप्रतिशत कारोबार गर्न सकिने र कारोबार गरिएको रकमको भुक्तानी नै नहुँदै कारोबार राफसाफ हुँदै आएको थियो ।
अब भने सुरुमा रकम भुक्तानी भएपछि मात्रै शेयर कारोबार हुने व्यवस्था गर्न लागिएको हो । बोर्डले ल्याएको नीतिमा भनिएको छ, ‘दोस्रो बजारबाट धितोपत्र खरिद गर्दा खरिदकर्ताको बैंक खातामा रकम भए पश्चात् मात्र कारोबार हुने व्यवस्था गर्ने कार्य अगाडि बढाउने ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण