देशभर कमजोर बन्यो मनसुनी वायु, छैन भारी वर्षाको सम्भावना
सारांश
- मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ।
- आज पहाडी भूभागमा वर्षाको सम्भावना रहेको छ भने तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको छ।
- राति कोशी प्रदेश लगायतका पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।
जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागका आंशिक बदली रहेको छ। बागमती प्रदेशका केही स्थानहरू तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई र मधेस प्रदेशमा हावाहुरी चल्ने सम्भावना रहेको छ।
आज राति कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशको पहाडी र तराई भूभाग लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशको पहाड र तराई भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराई भूभागहरूमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ।
देशभर मनसुनी वायुको प्रभाव कमजोर भएकोले दिउँसोको समयमा गर्मी यथावत् रहने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिव परियारको ‘यो मन अल्लारे’
-
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व सङ्कलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
-
चिकित्सा शिक्षाको गुणस्तर सुधार्ने आयोगको नीति
-
ग्लोबल आइएमई बैंकद्वारा ‘उद्यमशाला’ कार्यक्रमको घोषणा, देशभरका उद्यमीबाट आवेदन खुला
-
मल खरिदमा चलखेल : भारतभन्दा झन्डै दोब्बर मूल्य तिर्दै सरकार
-
प्रविधि उद्योग किन तपाईंको स्क्रिन हटाउन चाहन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण