शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

३ हजार छोएपछि बजारमा सेलर हाबी, नेप्सेले नवौँ दिनमा लियो करेक्सनको बाटो

आइतबार, ११ साउन २०८२, १५ : २७
आइतबार, ११ साउन २०८२

काठमाडौँ । सेयर बजार परिसूचक नवौँ दिनपछि  आइतबार घटेको छ । साताको पहिलो दिन बजार ३ हजार मनोवैज्ञानिक विन्दु पार गरेर फेरि तलतिर झरेको हो । 

दिनभर उतारचढाव भएको बजार बन्द हुँदा १८.४४ अङ्कले घटेर २९६४.२० विन्दुमा झरेको छ ।

आज बजारमा अधिकांश कम्पनीहरूको शेयर मूल्यमा गिरावट आएको छ। कुल कारोबारमा आएका कम्पनीहरूमध्ये १८६ कम्पनीको शेयर मूल्य घट्यो भने जम्मा ६३ कम्पनीको मात्रै मूल्य बढ्यो। कुनै पनि कम्पनीको शेयर मूल्य भने अपरिवर्तित रहेन । 

गिरावटको दिनमा पनि कारोबार रकम भने उत्साहजनक रहेको छ । आज दिनभरमा २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। कुल ५ करोड ८६ लाख कित्ता सेयर २ लाख ३ हजार ६५८ पटक कारोबार भएको थियो ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स सबैभन्दा अगाडि रह्यो। शिवमको मात्रै १ अर्ब २ करोड रुपैयाँ भन्दा बढीको कारोबार भयो। त्यसैगरी, नेपाल पुनर्बीमा कम्पनी, ङादी ग्रुप पावर इन्स्योरेन्स, कालिका पावर कम्पनी पनि उच्च कारोबार गर्ने कम्पनीको सूचीमा रहे ।

बजार घटे पनि केही कम्पनीका लगानीकर्ताले भने राम्रो कमाएका छन् । समता लघुवित्त र ट्रेड टावर र सान्भी इनर्जीको शेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । नारायणी विकास बैंकको सेयर सबैभन्दा धेरै घटेको छ ।

आज बजारमा चारवटा समूहका सूचक बढेका छन् । विकास बैंक र ट्रेडिङ क्षेत्रमा १ प्रतिशत भन्दा धेरैले बढेको छ । फाइनान्स समूह सबैभन्दा धेरै २ प्रतिशत बढीले घटेको छ । 

यसअघि असार ३२ गते नेप्से २७२५ अंकमा थियो । गत बिहीबार सूचक २९८२ मा पुग्यो जुन करिब २५७ अंक बढी हो । सो बराबरको वृद्धिपछि बजार घटेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप