८ घण्टासम्म मुखले सास दिएर नवजात शिशुको ज्यान जोगाएकी अनमी
मङ्गलबार, १३ साउन २०८२, १६ : ०६
सारांश
- बैतडीकी अनमी जानकी पुजाराले सास फेर्न नसकेका शिशुलाई मुखले सास दिएर बचाएकी छिन्।
- स्वास्थ्य केन्द्रमा जीवनरक्षक उपकरणको अभाव र यातायात असुविधाका कारण शिशुलाई अस्पताल लैजान सकिएन।
- अनमी पुजाराले ८ घण्टासम्म शिशुलाई सास दिएर मानवीयताको उदाहरण पेश गरिन्।
बैतडी । बैतडीकी २० वर्षीया अनमी जानकी पुजाराले निस्सासिएको अवस्थामा जन्मिएको एक नवजात शिशुको ज्यान मुखले सास दिई बचाउन सफल भएकी छन्।
सिगास गाउँपालिका अन्तर्गतको कान्धार आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत अनमी पुजाराले करिब ८ घण्टासम्म नवजातलाई मुखबाट सास दिँदै जीवनदान दिएकी हुन्।
स्वास्थ्य केन्द्रमा जीवनरक्षक उपकरणको अभाव थियो। त्यसमाथि गाउँमा यातायातको सुविधा समेत नहुँदा शिशुलाई सुविधासम्पन्न अस्पतालमा लैजान सकिएको थिएन। हेलिकप्टर पनि जान नमानेपछि विकल्प नभएको अवस्थामा अनमी पुजाराले मानवीयता र साहस देखाउँदै बच्चाको ज्यान बचाएकी हुन्।
'उहाँले बच्चालाई बचाउन जुन समर्पण देखाउनुभयो, त्यो साँच्चै प्रेरणादायी छ,' स्थानीय भूपी सरोबरले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
-
राष्ट्रिय दोहोरीगीत प्रतियोगिताको उपाधि निशान्त र संगीनालाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण