पशुपति शर्मा र सुनिता दुलालले ‘तीज फेस्टिभल’ मा प्रस्तुति दिँदै
काठमाडौँ । लोक गायक पशुपति शर्मा र गायिका सुनिता दुलालले जापानको टोकियोमा प्रस्तुति दिने भएका छन् ।
महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर आगामी अगस्ट २३ (शनिबार) र २४ (आइतबार) तारिखमा टोकियोको प्रसिद्ध शिबा पार्क (टोकियो टावर नजिकै)मा आयोजना हुने दुई दिने ‘तीज फेस्टिभल–२०२५’मा उनीहरुले साङ्गीतिक प्रस्तुति दिन लागेका हुन् ।
सन् २०१९ मा पहिलाेपटक ‘तीज फेस्टिभल’ आयाेजना गरिएकाे थियाे । अहिले लामाे समयपछि फेरि ‘तीज फेस्टिभल–२०२५’ आयाेजना हुन लागेकाे हाे ।
जापानवासी नेपालीहरूको अपार माया र सहभागिताले यस वर्ष थप भव्यताका साथ फेस्टिभल आयोजना गर्न लागिएको आयोजक डेस्टिनी क्रिएसनका संस्थापक असिम बस्नेतले जानकारी दिए ।
फेस्टिभलमा नेपाल पशुपति र सुनिताको अलवा जापानमै रहँदै आएका कलाकार सूर्य खड्का, रितु थापा मगर लगायत पनि गुन्जनेछन् ।
फेस्टिभलमा सांस्कृतिक प्रस्तुतिसहित नेपाली खानाका विभिन्न परिकार, नेपाली कला–संस्कृतिको प्रदर्शन, मनोरञ्जनात्मक गतिविधिहरू तथा भेटघाटका लागि विशेष अवसर हुने डेस्टिनी क्रिएसनले जनाएको छ ।
फेस्टिभलमा नेपाली समुदाय तथा स्थानीय जापानीहरूको समेत सहभागिता हुने अपेक्षा आयोजकको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण