सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चार दिनदेखि युवक बेपत्ता, शिवगंगा खोलामा 'शव फेला'

मङ्गलबार, १३ साउन २०८२, १७ : ०८
मङ्गलबार, १३ साउन २०८२

कैलाली । कैलालीको गौरीगंगा—६ बनबेहडाका २८ वर्षीय एक पुरुष चार दिनदेखि बेपत्ता भएका छन् । 

गत साउन १० गते शनिबार दुई जना साथीहरूसँगै बासको तामा खोज्न चुरे गाउँपालिका–४ स्थित तल्ला रौला जंगल गएका टेक बहादुर रोकाया हराएका हुन् । 

यसैबिच इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार मंगलबार गौरीगंगा–३ र चुरे गाउँपालिका–४ को बिचमा रहेको शिवगंगा खोलामा एक पुरुषको शव फेला परेको छ । गोठालोले शव फेला परेको जानकारी दिएपछि प्रहरी टोली र टेकका आफन्त घटनास्थलतर्फ जाँदैछन् । त्यहाँ पुग्न करिब दुई घण्टा पैदल हिँड्नुपर्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप