शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
मतदान

कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेताका लागि मतदान सुरु

बुधबार, १४ साउन २०८२, १४ : २४
बुधबार, १४ साउन २०८२

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि मतदान सुरु भएको छ । संसदीय दलको नेताका लागि  २ जनाबिच प्रतिस्पर्धा हुँदैछ ।

कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानिया र मुख्यमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बहादुर सिंह लामाले संसदीय दलको नेतामा उम्मेदवारी दिएका छन् ।


बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन् । संसदीय दलको नेता चयन हुन कम्तीमा १९ सांसदको समर्थन चाहिन्छ ।

यसअघि संसदीय दलको तत्कालीन नेता बहादुरसिंह लामाविरुद्ध ल्याइएको अविश्वास प्रस्तावको पक्षमा २२ र विपक्षमा १५ सांसदले मत दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप