सञ्चालनमा आयो हुम्ला-मुगु जोड्ने बेलिब्रिज
सुर्खेत । हुम्ला र मुगुलाई सीधा सडक सञ्जालमा जोड्ने लोतीखोला बेलिब्रिज सञ्चालनमा आएको छ ।
मंगलबार एक विशेष समारोहबीच कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले पुलको औपचारिक उद्घाटन गरे । यो पुलको निर्माणसँगै हुम्लाबाट पर्यटकीय स्थल रारा ताल, प्रदेश राजधानी सुर्खेत र पवित्र तीर्थस्थल कैलास मानसरोवरसम्मको यात्रा सहज बनेको छ ।
उद्घाटन समारोहमा बोल्दै पूर्व मुख्यमन्त्री शाहीले यसलाई एक ऐतिहासिक उपलब्धि बताए । उनले भने, 'यो बेलिब्रिज उद्घाटन भएसँगै मुगुको सुन्दर रारा ताल, प्रदेश राजधानी सुर्खेत र लिमी लाप्चा हुँदै कैलास मानसरोवरसम्मको ढोका खुलेको छ ।'
शाहीले यो पुलले हुम्लाको चंखेली गाउँपालिकाका स्थानीयलाई मात्र नभई समग्र कर्णाली प्रदेशको आर्थिक समृद्धिमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कर्णाली नदीमाथि निर्माण गरिएको यो पुल प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय, हुम्लामार्फत बनेको हो । कार्यालयले कङ्ग्री निर्माण सेवासँग २०८१ मंसिर २३ गते सम्झौता गरी निर्माण अघि बढाएको थियो ।
करिब पाँच महिनाको छोटो अवधिमा निर्माण सम्पन्न भएको यो बेलिब्रिज ४ करोड ९८ लाख रुपैयाँको लागतमा बनेको हो । यसको लम्बाइ ४२ मिटर, उचाइ १० मिटर र चौडाइ ३.१५ मिटर रहेको छ ।
चंखेली गाउँपालिकाको वडा नम्बर २ र ४ लाई जोड्ने यो पुलले स्थानीयको दैनिक आवतजावतलाई सुगम बनाउनेछ । साथै, यसले जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्दै पर्यटन प्रवर्द्धन, व्यापार विस्तार र स्थानीय उत्पादनको बजारीकरणमा समेत उल्लेख्य सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण