आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

आपसी सम्बन्ध पारस्परिक सम्मान र जनस्तरको आत्मीयताले अझ समृद्ध बनेको छ : प्रधानमन्त्री

शुक्रबार, १६ साउन २०८२, २० : २०
शुक्रबार, १६ साउन २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्यतागत ऐतिहासिक जग र सांस्कृतिक सामीप्यमा आधारित नेपाल र चीनबिचको सम्बन्ध पारस्परिक सम्मान र जनस्तरको आत्मीयताले अझ समृद्ध बनेको बताएका छन् । 

नेपाल र जनवादी गणतन्त्र चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको विशेष अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले  बितेका दशकमा, नेपाल–चीन सम्बन्ध आपसी विश्वासमा आधारित हुँदै अझ सुदृढ र गहिरो बनेको उल्लेख गर्दै शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरू आपसी  सम्बन्धको आधार रहेको स्पष्ट गरे। 

“नेपालले एक चीन नीतिलाई दृढ समर्थन गर्दछ । चीनले पनि सधैँ नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको सम्मान गर्दै आएको छ । चीन हाम्रो नजिकको छिमेकी मात्र होइन, विश्वसनीय विकास साझेदार पनि हो ।”, प्रधानमन्त्री ओलीले भने, “हामी यस दीर्घकालीन, समयले परीक्षित मित्रतालाई अत्यन्तै महत्त्व दिन्छौँ । यस यात्रामा थुप्रै ऐतिहासिक मोडहरू आएका छन् । सन् २०१९ मा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण ऐतिहासिक रह्यो । यसले हाम्रो सम्बन्धलाई विकास र समृद्धिका लागि साझा लक्ष्यसहितको दीर्घकालीन मित्रता र आपसी विश्वासमा आधारित रणनीतिक सहकार्यको साझेदारीको तहमा उकासेको छ ।”

प्रधानमन्त्री ओलीले सन् २०२४ को डिसेम्बरमा आफूले गरेको चीनको औपचारिक भ्रमण स्मरण गर्दै चीनका उच्चस्तरीय नेताहरूसँग भएका संवादहरू अत्यन्तै फलदायी भएको बताए । 

उनले आपसी सहकार्यलाई थप गहिरो बनाउने प्रतिबद्धताको पुनः पुष्टि भई बेल्ट एण्ड रोड सहकार्यको ढाँचामा भएको हस्ताक्षरले हाम्रो साझा सङ्कल्पलाई मजबुत बनाएको जनाए । 

चीनले पूर्वाधार र कनेक्टिभिटीमा गरेको सहयोगले नेपाललाई भौगोलिक सीमाहरू पार गर्न मद्दत पुगेकाे तथा कृषि, व्यापार, पारवहन, ऊर्जा, स्वास्थ्य, डिजिटल प्रविधि र जलवायु प्रबलीकरणजस्ता क्षेत्रमा हाम्रो सहकार्य निरन्तर फैलिँदो रहेको प्रधानमन्त्री ओलीले बताए । 

524086009_1309228277292344_3949494295859028205_n524194519_4139043806340842_5837216009421605914_n524280796_731602379777037_2178063826584159943_n524719601_1407649113800600_503324411145897274_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप