बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
वर्षा

सिन्धुली र रामेछापका खोलामा आकस्मिक बाढीको सम्भावना

सतर्कता अपनाउन विभागको आग्रह

शनिबार, १७ साउन २०८२, ०५ : २८
शनिबार, १७ साउन २०८२

सारांश

  • जल तथा मौसम विज्ञान विभागका अनुसार सिन्धुली र रामेछापका केही स्थानमा मध्यम वर्षा भएको छ।
  • विभागले ग्वाङ खोला, मरिन खोला लगायतका खोलामा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिएको छ।
  • तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो तीन घण्टामा सिन्धुलीको मरिनखोला कुसुनटार, सिन्धुलीगढी र रामेछापको मन्थली एयरपोर्ट वर्षा मापन केन्द्र तथा आसपासका क्षेत्रमा मध्यम वर्षा मापन गरिएको छ।

शनिबार बिहान ४ बजे एक सूचना जारी गर्दै विभागले ती क्षेत्रमा बहने ग्वाङ खोला, मरिन खोला लगायतका स-साना खोलामा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेकोले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप