अछाममा बाघको आक्रमणबाट एक पुरुष घाइते
आइतबार, १८ साउन २०८२, १२ : ३१
सारांश
- अछामको ढकारी गाउँपालिकामा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्।
- कैलालीका ४८ वर्षीय धर्मसिंह थापालाई ढकारी गाउँपालिकाको वनमा बाघले आक्रमण गरेको हो।
- घाइते थापाको जिल्ला अस्पताल मङ्गलसेन अछाममा उपचार भइरहेको छ।
मङ्गलसेन । अछामको ढकारी गाउँपालिका– ४ मा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्। मङ्गलवार साँझ करिब ४ बजे ढकारी गाउँपालिका–४ कैलाशस्थित वसन्त सामुदायिक वन अन्तर्गत बोके खोला क्षेत्रमा बाघले आक्रमण गर्दा कैलाली मोहन्याल गाउँपालिका–१ फलिबिसौनाका ४८ वर्षीय धर्मसिंह थापा घाइते भएका हुन् ।
थापा हाल मोहन्यालमा बसोबास गर्दै आए पनि उनी आफ्नो ससुराली घर कैलाश आएका बेला पुर्ख्यौली घर हेर्न गएका थिए । उक्त वन क्षेत्रमा जाँदै गर्दा जङ्गली जनावर बाघले आक्रमण गरी घाइते बनाएको जनाइएको छ।
प्रहरीका अनुसार बाघको आक्रमणबाट थापाको बायाँ हात, घाँटी र अनुहारमा चोट लागेको छ । हाल उनको अवस्था मध्यम रहेको र उपचारको लागि उनलाई जिल्ला अस्पताल मङ्गलसेन अछाम लगिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण