शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

पाकिस्तानी रेस्टुराँमा हुने कार्यक्रममा कार्तिक आर्यनको नाम आएपछि...

आइतबार, १८ साउन २०८२, १२ : ३०
आइतबार, १८ साउन २०८२

सारांश

  • एफडब्ल्यूआईसीईले अभिनेता कार्तिक आर्यनलाई पाकिस्तानी स्वामित्वको रेस्टुरेन्टले आयोजना गरेको कार्यक्रममा भाग न लिन पत्र लेखेको छ।
  • कार्यक्रम अमेरिकाको ह्युस्टनमा हुँदैछ र कार्तिकको टिमले उनको कुनै संलग्नता नभएको जनाएको छ।
  • एफडब्ल्यूआईसीईले २०१६ र २०१९ मा भएका आतंकवादी हमलापछि पाकिस्तानी कलाकारसँग टाढा रहने निर्णयको स्मरण गराएको छ।

नयाँ दिल्ली । फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लाइज (एफडब्ल्यूआईसीई)ले शनिबार अभिनेता कार्तिक आर्यनको नाममा पत्र काटेको छ । 

पत्र अमेरिकाको ह्युस्टनमा आयोजना हुने लागेको कार्यक्रमसँग सम्बन्धित छ । यो कार्यक्रम पाकिस्तानी मालिकको स्वामित्वमा रहेको रेस्टुरेन्टले आयोजना गर्दै छ । एफडब्ल्यूआईसीईले पत्रको साथमा एउटा पोस्टर पनि शेयर गरेको छ । यो पोस्टरमा कार्तिक कार्यक्रममा प्रमुख अतिथि हुने भनिएको छ । 

तर, अभिनेताको टिमले भने कार्तिकको यस कार्यक्रमसँग कुनै सरोकार नभएको बताएको छ । ‘कार्तिक आर्यनको यस कार्यक्रमसँग कुनै सम्बन्ध छैन । उनले कहिल्यै यसमा भाग लिने कुनै आधिकारिक घोषणा गरेनन् । हामीले आयोजकहरूलाई सम्पर्क गरेका छौँ र उनको नाम र तस्बिर भएको सबै प्रचार सामग्री हटाउन अनुरोध गरेका छौँ ।’ कार्तिक आर्यनको टोलीको एक विज्ञप्तिमा भनेको छ । 

के छ चिठीमा ? 

‘कार्यक्रम एक पाकिस्तानी व्यक्तिद्वारा आयोजना गरिँदैछ र यसमा भारतीय कलाकारहरूको संलग्नता देशको भावना विरुद्ध मान्न सकिन्छ । यदि तपाईँलाई पहिले नै आयोजकबारे थाहा थिएन भने, हामी तपाईँलाई यस कार्यक्रमबाट तुरुन्तै आफ्नो नाम हटाउन अपिल गर्दछौँ र यदि तपाईँलाई पहिले नै थाहा थियो भने, यो कुरा बढी चिन्ताजनक छ ।’ पत्रमा भनिएको छ । 

एफडब्ल्यूआईसीईले पत्रमा यो पनि सम्झाएको छ कि २०१६ मा उरी र २०१९ मा पुलवामा आतंकवादी हमला पछि, उद्योगले पाकिस्तानी कलाकारहरू र कार्यक्रमहरूबाट टाढा रहने सामूहिक निर्णय गरेको थियो ।

‘यो कुरा चिन्ता र जिम्मेवारीसँग सम्बन्धित छ । हामीले थाहा पाएका छौँ कि तपाईँ २०२५ को अगस्ट १५ मा अमेरिकाको ह्युस्टनमा आयोजना हुने ‘आजादी उत्सव’मा भाग लिन जाँदै हुनुहुन्छ । यस कार्यक्रमको पोस्टरमा तपाईँलाई प्रमुख अतिथिको रूपमा देखाइएको छ । 

सामान्यतया यस्ता कार्यक्रमहरूले विदेशमा भारतीय संस्कृतिको सम्मान बढाउँछन्, तर हामीलाई दुःख छ कि यो कार्यक्रम पाकिस्तानी व्यक्ति शौकत मरेदियाको रेस्टुरेन्ट आगा रेस्टुरेन्ट एण्ड क्याटरिङद्वारा आयोजना हुन लागेको हो ।’ एफडब्ल्यूआईसीईले अझ अगाडि लेखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप