शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

सेयर बजार दोहोरो अंकले बढ्यो, ट्रेड टावरलाई झट्का

सोमबार, १९ साउन २०८२, १५ : ४७
सोमबार, १९ साउन २०८२

सारांश

  • सोमबार सेयर बजार दोहोरो अंकले बढेर २८७५ विन्दुमा पुग्यो।
  • आज १० अर्ब ८२ करोड रुपैयाँको कारोबार हुँदा १४० कम्पनीको मूल्य बढ्यो।
  • सिक्लेस हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ५.७३ प्रतिशत बढ्यो भने ट्रेड टावरको शेयरमूल्य १० प्रतिशत घट्यो।

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ अंकले बढेर २८७५ विन्दुमा पुगेको हो । आज बजारमा १० अर्ब ८२ करोड रुपेयाँको कारोबार भएको छ । 

आज १४० कम्पनीको मूल्य बढ्दा ११० कम्पनीको मूल्य घटेको छ । बजारमा १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.९० प्रतिशत बढेको छ।

बजारमा सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको ४३ करोड, हिमालयन डिस्टीलरीको ३७ करोड, न्यादी गुप्रको ३१ करोड र नेपाल रिइन्स्योरेन्सको ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज बजारमा सिक्लेस हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ५.७३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको सेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ ।

बजारमा निरन्तर सकारात्मक सर्किट लाग्दै आएको ट्रेड टावरको सेयरमा आज भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको सेयरमूल्य यस दिन १० प्रतिशत घटेको हो । यो सेयर विगत १२ दिनदेखि बढ्दै आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप