स्वयम्भुबाट ५ जना जुवाडे पक्राउ
बिहीबार, २२ साउन २०८२, ११ : २२
सारांश
- काठमाडौंको स्वयम्भूमा रहेको एक होटलमा जुवा खेलिरहेका ५ जना पक्राउ परेका छन्।
- प्रहरीले होटलबाट ५६ हजार नगदसहित उनीहरूलाई पक्राउ गरेको हो।
- पक्राउ पर्नेमा धादिङ, गोरखा लगायतका व्यक्तिहरू रहेका छन्, र उनीहरूमाथि अनुसन्धान भइरहेको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ स्वयम्भुस्थित नागरिक बजारबाट प्रहरीले जुवा खेलिरहेका ५ जनालाई पक्राउ गरेको छ । राजु न्यौपानेले सञ्चालन गरेको होटलबाट ५६ हजार नगदसहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुलदिप चन्दले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका घर भएका राजु न्यौपाने, गोरखाका सन्तोष लामिछाने, धादिङ घर भएका राजेश्वर न्यौपाने, रविन न्यौपाने र शान्तमणि न्यौपाने छन् । बुधबार पक्राउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान गरिने एसपी चन्दले जानकारी दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण