शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

कारागारमा पुगेर बाबुरामले भेटे रवि लामिछानेलाई

बिहीबार, २२ साउन २०८२, १३ : २५
बिहीबार, २२ साउन २०८२

सारांश

  • डा. बाबुराम भट्टराईले भैरहवा कारागारमा रहेका रवि लामिछानेलाई भेटेका छन्।
  • भेटमा वैकल्पिक शक्ति, सुशासन र समृद्धिका विषयमा कुराकानी भएको भट्टराईले बताए।
  • भट्टराईले लामिछानेमाथिको अभियोग पुष्टि नभएको र उनी भाग्ने सम्भावना नभएको बताए।

बुटवल । नेसपा नयाँ शक्तिका अध्यक्ष डा बाबुराम भट्टराईले भैरहवा कारागारमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई भेटेका छन् । बिहीबार अध्यक्ष भट्टराईले सभापति लामिछानेलाई भेटेका हुन् ।  

भेटमा वैकल्पिक शक्ति, सुशासन र समृद्धिका विषयमा कुराकानी भएको भट्टराईले बताएका छन् । उनले आफ्नो रास्वपाका सभापति लामिछानेप्रति सदभाव रहेकोले भेट्न आएको समेत बताए ।

उनले अदालतले गरेको फैसलामा टिप्पणी नगर्ने तर अहिले रवि लामिछानेमाथिको अभियोग पुष्टि नभएको बताए । लामिछाने जनताको प्रतिनिधि भएको नाताले कतै भागेर जाने सम्भावना नभएको पनि उनले बताए । नेसपा लुम्बिनी प्रदेशको दुई दिने प्रशिक्षण कार्यक्रममा भैरहवा आएका डा. भट्टराईले कारागारमा रहेका रास्वपाका सभापति रवि लामिछानेसँग भेटघाटमा गर्नुभएको नेसपा नयाँ शक्तिका केन्द्रीय सदस्य  पङ्कज राईले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप