शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

उपत्यकाव्यापी बास्केटबल प्रतियोगिता सुरु, तस्बिरहरु

शुक्रबार, २३ साउन २०८२, १४ : ५४
शुक्रबार, २३ साउन २०८२

सारांश

  • उपत्यकाव्यापी बौद्ध इन्टरनेशनल इन्टर स्कुल बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ।
  • प्रतियोगितामा छात्र र छात्रा समूहका ३७ टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
  • प्रतियोगितामा २५ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ।

काठमाडौँ । उपत्यकाव्यापी बौद्ध इन्टरनेशनल इन्टर स्कुल बास्केटबल (बीआईबी) प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । 

आठौं संस्करणको बिआईबि बास्केटबल प्रतियोगिता नेपाल बास्केटबल एसोसिएसनका अध्यक्ष भिमसिंह गुरुङको प्रमुख आतिथ्यमा आजदेखि बौद्ध इन्टरनेशनल स्कुलमा सुरु भएको हो । १९ दिनसम्म चल्ने यो प्रतियोगितामा छात्र र छात्रा समूहका ३७ टोली उपाधि होडमा छन् । 

अन्तर विद्यालय प्रतियोगितामा यो वर्ष २५ वटा विद्यालय सहभागी रहेको ८ औँ संस्करणमा २१ छात्र र १६ छात्रा टोला सहभागी छन् । विजेता विद्यालयले ट्रफ मेडल पाउने आयोजक बौद्ध इन्टरनेशनल स्कुलका प्रधानाध्यापक हरि लामाले जानकारी दिए ।

basketball (1)basketball (2)basketball (3)basketball (4)basketball (5)basketball (6)basketball (7)basketball (8)basketball (9)basketball (10)basketball (11)basketball (12)basketball (13)basketball (14)basketball (15)basketball (16)basketball (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप