टप एण्ड टी–ट्वान्टी सिरिज खेल्न जाने नेपाली टोलीको बिदाइ
काठमाडौँ । अस्ट्रेलियामा हुने टप एण्ड टी–ट्वान्टी सिरिज खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ ।नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार एक कार्यक्रमको आयोजना गर्दै टिमको बिदाइ गरेको हो ।
नेपाली टोलीलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टकलाल घिसिङ लगायतले बिदाइ गरेका हुन् ।
नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गर्नेछ । क्यानले यसअघिनै रोहित कुमार पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ । क्यानले सार्वजनिक गरेको टोलीमा कुशल मल्ल कमब्याक गरेका छन् ।
क्यानले नेपाली टोलीको उप कप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीलाई दिएको छ । नेपाली टोलीले स्ट्राइकसँग अगस्ट १५ मा खेल्दै प्रतियोगिताकोको सुरुवात गर्नेछ । एनटीको आयोजनामा हुने टप इण्ड सिरिजमा ११ टोलीको सहभागिता रहनेछ ।
सिरिजमा सहभागी रहने अन्तर्राष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बङ्गलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन् ।
अगस्ट १४ मा पाकिस्तान ‘ए’ र बङ्गलादेश ‘ए’ को बीचमा उद्घाटन खेल हुनेछ ।
नेपाली टोली
रोहित कुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम,साहब आलम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण