६१ वर्षको उमेरमा आमिर खानले गरे तेस्रो विवाह
सारांश
- बलिउड अभिनेता आमिर खानले गौरी स्प्रेटसँग तेस्रो विवाह गरेका छन्।
- यो विवाह आमिरका आफ्नै घरमा एक निजी समारोहमा सम्पन्न भएको हो।
- गौरी स्प्रेट पेसाले हेयर ड्रेसर हुन् र उनलाई अघिल्लो विवाहबाट एक छोरा छन्।
मुम्बई । बलिउड अभिनेता आमिर खान तेस्रो पटक वैवाहिक बन्धनमा बाँधिएका छन् । उनले गौरी स्प्रेटसँग आफ्नै घरमा आयोजित एक निजी समारोहमा विवाह गरेका हुन् ।
आमिर र गौरीको विवाहको पहिलो तस्बिर सार्वजनिक भएको छ । तस्बिरमा आमिराका छोरा छोरी जुनैद खान र आइरा खान सहभागी थिए । जुनैद र आइरा आमिरकी पहिलो श्रीमती रीना दत्ताका सन्तान हुन् । गौरीका छोरा पनि सहभागी थिए ।
गौरी स्प्रेट पेसाले हेयर ड्रेसर हुन् । उनी सम्बन्ध विच्छेद भइसकेकी महिला हुन् । अघिल्लो विवाहबाट उनका एक आठ वर्षका छोरा छन् । इन्डिया टुडेका अनुसार आमिर र गौरीको विवाहमा करिब १०० देखि १५० पाहुनालाई आमन्त्रित गरिएको थियो ।
आमिरको पहिलो विवाह सन् १९८६ मा रीना दत्तासँग भएको थियो, जससँग सन् २००२ मा सम्बन्ध विच्छेद भयो । त्यसपछि उनले सन् २००५ मा किरण रावसँग दोस्रो विवाह गरे । सन् २०२१ मा उनी किरणसँग पनि अलग्गिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण