जनकपुर उच्च अदालतमा दुई वर्ष पुराना मुद्दाको संख्या शून्य
जनकपुरधाम । उच्च अदालत जनकपुरमा दुई वर्षभन्दा पुरानो मुद्दा शून्यमा झरेको छ ।
अदालतले सार्वजनिक गरेको तथ्यांकअनुसार दुई वर्ष नाघेका मुद्दा शून्यमा झरेको छ भने १८ महिनादेखि दुई वर्षभित्रको मुद्दाको सङ्ख्या १३ वटा छ । यस्तै, एक वर्षदेखि डेढ वर्षभित्रको बाँकी मुद्दा ३८७ वटा छ ।
१० जना न्यायाधीश रहेको उच्च अदालत जनकपुरले चालु आर्थिक वर्ष २०८२/८३ को असार १९ गतेसम्म कुल ४३३० वटा मुद्दा फर्छ्योट गरेको हो, जसमध्ये ४१६१ वटा नयाँ मुद्दा दर्ता छन् भने २२६७ वटा जिम्मेवारी सरिआएका मुद्दा हुन् ।
अदालतका रजिस्ट्रार विश्वजंग सिजापतिका अनुसार जिम्मेवारी सरिआएका र नयाँ दर्ता मुद्दामध्ये २०९८ वटा फर्छ्योट हुन बाँकी छन् । त्यस्ता सरिआएका मध्ये २०४७ वटा फर्छ्योट भएका छन् भने २२० वटा बाँकी छन् । त्यस्तै नयाँ दर्तामध्ये २२८३ वटा फर्छ्योट भएका छन् भने १८७८ वटा मुद्दा बाँकी छन् ।
उच्च अदालतले यस आर्थिक वर्षको फर्छ्योट लक्ष्य ४५४६ वटा राखेको थियो । जसअनुसार असार १९ गतेसम्म ४३३० वटा फर्छ्योट भएका छन् । यो भनेको लक्ष्यको ९५ दशमलव ८४ प्रतिशत हुन आउँछ ।
उच्चको तथ्यांकअनुसार चालु आव २०८२/८३ को असार १९ गतेसम्म सबैभन्दा बढी कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरले मुद्दा फर्छ्योट गरेका छन् । उनको इजलासले १३१० वटा मुद्दा फर्छ्योट गरेको छ ।
यसैगरी न्यायाधीश टीकाराम आचार्यले १११५, जगदीश घिमिरेले ९४६, राजुराम सिलवालले ८९६, कृष्णप्रसाद सुवेदीले ८४६, कैलाश प्रसाद सुवेदीले ८२६, फुर्फा तामाङले ७२३, मुरारीबाबु श्रेष्ठले ६८४, कमलप्रसाद पोखरेलले ६५९ र श्यामकुमार भट्टराईले ५७८ मुद्दा फर्छ्योट गरका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण