उदयपुरमा ७ वर्षीया बालिकामाथि बलात्कार आरोपमा युवक पक्राउ
मङ्गलबार, २७ साउन २०८२, १३ : ४७
सारांश
- उदयपुरमा ७ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा त्रियुगा नगरपालिका-११ बरुवाटारका ४५ वर्षीय शुभराज राई रहेका छन्।
- प्रहरीले साउन १४ गते राति बालिकामाथि जबरजस्ती करणी भएको जनाएको छ र आरोपितलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।
उदयपुर । उदयपुरमा ७ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–११ बरुवाटारका ४५ वर्षीय शुभराज राई रहेका छन्।
प्रहरीका अनुसार साउन १४ गते राति करिब १० बजे सोही स्थानमा डेराभाडा बस्ने बालिकामाथि जबरजस्ती करणी भएको थियो। आरोपित राईलाई खोजतलास गर्ने क्रममा साउन २५ गते उनको घरमैबाट नियन्त्रणमा लिइएको प्रहरीले मंगलबार जनाएको छ।
पक्राउ परेका राईलाई उदयपुर जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण