सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

प्रतिनिधिसभामा उठ्यो कैलाली कारागारमा भएको झडपको विषय

मङ्गलबार, २७ साउन २०८२, १४ : १९
मङ्गलबार, २७ साउन २०८२

काठमाडौँ । कैलाली कारागारमा गत शुक्रबार राति भएको झडपको विषय प्रतिनिधिसभा बैठकमा उठेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आकस्मिक समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकी सचेतक रुपा शोशी चौधरीले कारागारमा भएको झडपको विषय संसद्‌मा उठाएकी हुन् । 

उनले सुरक्षा घेरामा रहने कारागारमा झडप हुने बेलासम्म प्रशासन किन मौन बस्यो भन्दै गृहमन्त्री रमेश लेखकलाई प्रश्न समेत सोधेकी छन् । 

उनले भनिन्, ‘सभामुख महोदयमार्फत म गृहमन्त्रीज्यूलाई यो घट्नाको निष्पक्ष छानबिन गरियोस् भन्न चाहन्छु । दोषीमाथि कारबाही होस् । कारागार सुरक्षा र मानव अधिकारको तत्काल ग्यारेन्टी गरियोस् ।’

उनले कारागार सुरक्षा र मानव अधिकारको ग्यारेन्टी गर्न समेत माग गरिन् । कैलाली कारागारमा शुक्रवार राति कैदीबन्दीको आक्रमणमा परेर लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका एक जनाको मृत्यु भएको थियो भने ४९ जना कैदीबन्दी घाइते भएका थिए ।

उनले कारागारमा सुरक्षा र मानव अधिकारको ग्यारेन्टी गर्न माग गरिन् । उनले झडपमा परी मृत्यु भएका भरत चौधरीको मृतात्माको शान्तिको कामना समेत गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप