आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा फुटबल कप्तान साम्बा

मङ्गलबार, २७ साउन २०८२, १४ : ४४
मङ्गलबार, २७ साउन २०८२

ललितपुर । म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेसले नेपाली महिला फुटबल टोलीकी कप्तान सबित्रा भण्डारी ‘साम्बा’लाई तीन वर्षका लागि ब्रान्ड एम्बासडर नियुक्त गरेको छ।

६० अन्तर्राष्ट्रिय खेलमा ६६ गोल गरिसकेकी साम्बाले नेपाल एपीएफ क्लब, भारतीय क्लब सेथु एफसी र गोकुलम केरलाका साथै इजरायलको होपोइल रानाना र फ्रान्सको गुइनगाम्पबाट खेलिसकेकी छन्। उनी छिट्टै अष्ट्रेलियाको शीर्ष डिभिजन लिगमा वेलिङ्टन फिनिक्सबाट खेल्नेछिन्।

म्याक्सिम्याक्सले मंगलबार पत्रकार सम्मेलनमा्फत साम्बालाई नेपाली युवाका लागि प्रेरणादायी व्यक्तित्व भन्दै आगामी सिजनका लागि शुभकामना दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप