आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

लगातार ९ खेल जितेपछि अस्ट्रेलियाको पहिलो हार

मङ्गलबार, २७ साउन २०८२, २१ : १०
मङ्गलबार, २७ साउन २०८२

काठमाडाैँ। दक्षिण अफ्रिकाले दोस्रो टी–२० मा अस्ट्रेलियालाई ५३ रनले पराजित गर्दै तीन खेलको शृङ्खला १–१ को बराबरीमा ल्याएको छ। अस्ट्रेलियाली टोलीको यो हार ११ महिनापछि भएको हो। 

यसअघि अस्ट्रेलियाले लगातार ९ खेल जितेको थियो। पहिलो खेल अस्ट्रेलियाले १७ रनले जितेको थियो भने निर्णायक तेस्रो खेल आगामी अगस्ट १६ मा खेलिनेछ।

मंगलबार डार्विनमा टस जितेर बलिङ रोजेको अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर २१८ रनको विशाल योगफल खडा गर्‍यो। टोलीका २२ वर्षीय डेवाल्ड ब्रेभिसले ५६ बलमा १२५ रनको अविजित इनिङ्स खेले, जसमा १२ चौका र ८ छक्का सामेल थिए।

जवाफमा अस्ट्रेलियाली टोली १७.४ ओभरमा १६५ रनमै समेटियो। टिम डेभिडले ५० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। दक्षिण अफ्रिकाका क्वेना म्फाका र कोर्बिन बोशले समान ३–३ विकेट लिए।

ब्रेभिस टी–२० अन्तर्राष्ट्रियमा शतक बनाउने दक्षिण अफ्रिकाका सबैभन्दा कान्छा खेलाडी बने (२२ वर्ष १०५ दिन)। उनको शतक दक्षिण अफ्रिकाका लागि डेभिड मिलरपछि दोस्रो छिटो शतक हो, जसले बंगलादेशविरुद्ध ३५ बलमा शतक बनाएका थिए। 

साथै, ब्रेभिस अस्ट्रेलिया विरुद्ध र अस्ट्रेलियामा खेलिने टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो शतक बनाउने ब्याट्सम्यान बने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप