आज पनि दोहोरो अंकले घट्यो सेयर बजार
सारांश
- बुधबार सेयर बजार १०.५० अंकले घटेर २७८५.७४ अंकमा झरेको छ।
- आज बजारमा ६ अर्ब १६ करोडको कारोबार भयो, जसमा ८९ कम्पनीको शेयर मूल्य घट्यो।
- मायाखोला हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै बढेको छ भने कुमारी बैंकको डिबेन्चरको मूल्य घट्यो।
काठमाडौँ । सेयर बजार आज पनि दोहोरो अंकले घटेको छ । सातामा तेस्रो दिन खुलेको बजार बुधबार १०.५० अंकले घटेको हो । योसँगै २७८५.७४ अंकमा झरेको छ । आज बजारमा ६ अर्ब १६ करोडको कारोबार भएको छ ।
बजारमा आज ८९ वटा कम्पनीको मूल्य घट्दा १५९ वटाको मूल्य घटेको छ भने एउटा कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज बजारमा समूहगत सूचकको अवस्था भने मिश्रित देखियो । १३ मध्ये ४ वटा समूहको सूचक घट्दा बाँकी ९ वटा सूचक घटेका छन् । ट्रेडिङ समूहमा सबैभन्दा धेरै १.५० प्रतिशत गिरावट हुनु बाहेक घटबढ भएका सबै समूहको वृद्धि वा गिरावट १ प्रतिशत भन्दा कम छ ।
बजारमा आज मायाखोला हाइड्रोपावरको सबैभन्दा धेरै ५.७४ प्रतिशतले बढेको छ । कुमारी बैंकको डिवेञ्चर २०८६ को मूल्य ९.४८ प्रतिशतले घटेको छ ।
बजारमा बलेफी हाइड्रोपावरको ३४ करोडको सेयर कारोबार हुनु नै सबैभन्दा उच्च कारोबार रह्यो । कारोबार भएको सेयर संख्या र कारोबार सङ्ख्याका आधारमा पनि सोही कम्पनी अगाडि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण