शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

एलिसा ढुङ्गानाको सौन्दर्यको भग्नावशेष विमोचित

बिहीबार, २९ साउन २०८२, ०६ : ४३
बिहीबार, २९ साउन २०८२

सारांश

  • कवि तथा सञ्चारकर्मी एलिसा ढुङ्गानाको कविता सङ्ग्रह 'सौन्दर्यको भग्नावशेष' सार्वजनिक भयो।
  • वरिष्ठ कवि दिनेश अधिकारीले काठमाडौंमा आयोजित कार्यक्रममा उक्त सङ्ग्रहको विमोचन गरे।
  • संग्रहमा मानिसका सपना, बाध्यता र अवसादका विषयमा लेखिएका ३८ वटा कविता समावेश छन्।

काठमाडौँ ।  कवि तथा सञ्चारकर्मी एलिसा ढुङ्गानाको कविता सङ्ग्रह ‘सौन्दर्यको भग्नावशेष’ बजारमा आएको छ । वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीले बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा सौन्दर्यको भग्नावशेषको विमोचन गरे । 

कार्यक्रममा प्रमुख अतिथि अधिकारीले एलिसाको कविताले हरकोहीलाई संवेदित बनाउने बताए । ‘जीवन र जगतका सत्यहरूलाई एलिसाले सहज रूपमा कवितामा उतारेकी छिन्’ अधिकारीले भने । 

एलिसाको कवितामा मानिसका सपना र रहरहरू मात्र होइन अवसाद र असन्तुष्टिकाबिच कसरी अघि बढ्ने भन्ने सजगता पढ्न सकिने कवि तथा सञ्चारकर्मी डा नवराज लम्सालले बताए । यसैगरी अर्का वक्ता कवि तथा प्राज्ञ डा देवी नेपालले एलिसाका कविता सरल तर निकै गम्भीर रहेको बताइन् । 

‘प्रत्येक कवितामा आजका मानिसका आशा र बाध्यता पढ्न सकिन्छ । डा नेपालले भनिन् । एलिसाको कविताप्रतिको प्यासेनले आफू संवेदित बनेको कार्यक्रममा कवि तथा पत्रकार मणि लोहनीले बताए । कविताप्रतिको आफ्नो चाह बालककालदेखि नै रहेको र अझै कवितामा नयाँ नयाँ काम गर्न मन लागेको विमोचनमा एलिसा ढुङ्गानाले बताइन् । साहित्यकार जीतेन्द्र रसिकले एलिसाका कवितामा पाठकले नयाँपन भेट्ने दाबी गरे । 

कार्यक्रममा चलचित्र निर्देशक राजेन्द्र शलभ, कवि गीता कार्की, विमला तुम्खेवा, उद्यमी शुष्मा महरालगायतले सौन्दर्यको भग्नावशेषभित्रका कविताहरू वाचन गरेका थिए । एईएम ग्रुपका प्रवन्ध निर्देशक अजयकुमार रेग्मीले उपस्थित सबैलाई स्वागत गर्दै स्वास्थ्य र सञ्चारको क्षेत्रमा काम गर्दै आएको एईएम ग्रुपले प्रकाशनको क्षेत्रमा पनि हात हालेको र सबैको सहयोग चाहेको बताए । एईएम ग्रुपले प्रकाशनमा ल्याएको सौन्दर्यको भग्नावशेषभित्र तीन खण्डमा ३८ वटा कविता समेटिएको छ । वरिष्ठ कवि तथा कलाकार रमेश श्रेष्ठले आवरण तयार पारेका यस कृतिमा वरिष्ठ कवि वैरागी काइँलाले भूमिका लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप