चितवनमा नापी कार्यालय प्रमुखमाथि आक्रमण, एसोसिएसन अफ कन्सल्टिङ इन्जिनियर्सले सरकारसँग सुरक्षा माग
सारांश
- खैरहनी नापी कार्यालयका प्रमुख इन्जिनियरमाथि कार्यालयमै आक्रमण भएको घटनाप्रति एसोसिएसनको ध्यानाकर्षण भएको छ।
- एसोसिएसनले सेवाग्राहीको रूपमा प्रवेश गरी आक्रमण, धम्की र चन्दा माग गर्ने कार्य गैरकानुनी भएको जनाएको छ।
- एसोसिएसनले संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याई कारबाही गर्न र सुरक्षाको प्रत्याभूति दिन माग गरेको छ।
चितवन । चितवन जिल्लाको खैरहनी नापी कार्यालयका प्रमुख इन्जिनियर शालिग्राम लम्सालमाथि कार्यालयमै सांघातिक आक्रमण तथा दुरव्यवहार भएको घटनामा एसोसिएसन अफ कन्सल्टिङ इन्जिनियर्स, चितवन समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
एसोसिएसनले एक प्रेस विज्ञप्ति जारी गर्दै कार्यालयको नियमित कार्यसम्पादन भइरहेकै समयमा सेवाग्राहीको रुपमा प्रवेश गरी आक्रमण, धम्की दिने र मोटो रकम चन्दा माग गर्ने जस्ता गैरकानुनी कार्यहरू भइरहेको उल्लेख गरेको छ ।
यद्यपि राज्यका सरोकारवाला निकायहरूले पर्याप्त संवेदनशीलता वा सक्रियता देखाएको महसुस नभएको विज्ञप्तिमा उल्लेख छ।
एसोसिएसनका अध्यक्ष ई. बिष्णु अधिकारीले टनामा संलग्न व्यक्ति वा व्यक्तिहरूलाई कानूनी दायरामा ल्याई कडा कारबाही गर्न र कार्यालयमा भयमुक्त वातावरण कायम गर्न सुरक्षाको प्रत्याभूति दिन नेपाल सरकारसँग जोडदार माग गरेका छन् । लम्सालमाथि साउन २७ गते आक्रमण भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण