भैरवनाथ गणको पार्किङमा सैनिक जवानले गरे आत्महत्या प्रयास, अवस्था गम्भीर
बिहीबार, २९ साउन २०८२, १९ : ४९
काठमाडौँ । नेपाली सेनाको भैरवनाथ गणमा एक जना सैनिक जवानले आत्महत्या प्रयास गरेका छन् । प्युठ रविन्द्र खत्रीले बिहीबार दिउँसो महाराजगञ्ज स्थित भैरवनाथ गणको पार्किङ स्थलमा आत्महत्या प्रयास गरेका हुन् ।
उनलाई सुरुमा महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । अहिले उनको सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका महासेनानी हरि विश्वकर्माले रातोपाटीलाई बताए । उनको अवस्था गम्भीर रहेको उनले बताए ।
पार्किङको टहराको बलोमा डोरी बाँधेर झुन्डिएर आत्महत्या गर्न लागेको देखेपछि सैनिकहरूले उनलाई अस्पताल लगेका थिए ।सेनाले सो घटनाबारे प्रहरी वृत्त महाराजगञ्जलाई जानकारी गराएको छ । सेनाले आत्महत्या प्रयास गर्न खोज्ने प्युठनको नाम औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ कर्मचारीसँग स्पष्टीकरण माग
-
कपिलवस्तु कारागारका कैदीबन्दीका मागबारे छानबिन समिति गठन
-
चीनमा सीपीसीको वैभव, नेपालका कम्युनिस्टले किन खाए धक्का?
-
चीनमा किन बढिरहेछ ‘अनुहार किन्ने’ प्रवृत्ति ?
-
सरकारप्रति दृष्टिविहीनहरूको आक्रोश : सरकार आफैँ दृष्टिविहीन भयो
-
सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा पर्यो : ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण