नर्भिकद्वारा बुबाको मुख हेर्ने दिन र तीजलक्षित हेल्थ प्याकेज सार्वजनिक
सारांश
- नर्भिक इन्टरनेशनल अस्पतालले बुबाको मुख हेर्ने दिन र तीज पर्वका अवसरमा विशेष हेल्थ प्याकेज घोषणा गरेको छ।
- अस्पतालले बुबाको मुख हेर्ने दिनको लागि फादर्स प्याकेज र तीजको लागि दुईवटा प्याकेज सार्वजनिक गरेको छ।
- यी हेल्थ प्याकेजहरू भदौ १ गतेदेखि १५ गतेसम्म उपलब्ध हुनेछन्, जसमा विभिन्न परीक्षणमा छुट दिइएको छ।
काठमाडौ । नर्भिक इन्टरनेशनल अस्पतालले बुबाको मुख हेर्ने दिन र तीज पर्वका अवसरमा विशेष हेल्थ प्याकेज घोषणा गरेको छ ।
अस्पतालले बुबाको मुख हेर्ने दिनलाई लक्षित गर्दै विभिन्न परीक्षणमा ३५ प्रतिशत छुटसहितको ‘फादर्स प्याकेज’ सार्वजनिक गरेको हो । यस प्याकेजअन्तर्गत इएसआर, इसीजी, युरिक एसिड, लिपिड प्रोफाइल, सीबीसी, टोटल पीएसए, आरएफटी, एलएफटी, युरिन रुटिन, युएसजी एब्डोमिन एण्ड पेल्भिस, इको स्क्रीनिङ तथा चिकित्सक परामर्श रहेको छ । यो प्याकेजका लागि १५ हजार रुपैयाँ शुल्क रहेकोमा छुटपछि १० हजार रुपैयाँ कायम गरिएको छ ।
यस्तै, अस्पतालले 'तीज प्याकेज विथ युएसजी ब्रेस्ट' र ‘बेसिक तीज प्योकज’ पनि सार्वजनिक गरेको छ ।
'बेसिक तीज प्याकेज' मा सुगर ऱ्यान्डम, युरिक एसिड, लिपिड प्रोफाइल, युरिया, युएसजी एब्डोमिन एण्ड पेल्भिस, क्रियटिनिन, सीबीसी, छातीको एक्स–रे, इसीजी, युरिन रुटिन र चिकित्सक परामर्श रहेको छ । यो प्याकेजको शुल्क ७ हजार ५ सय रुपैयाँ रहेकोमा छुटपछि ६ हजार कायम गरिएको छ । 'तीज प्याकेज विथ युएसजी ब्रेस्ट' ९ हजार ६ सय रहेकोमा छुटपछि ७ हजार ५ सय रुपियाँ कायम गरिएको छ ।
भदौ १ गते सुरु भएका हेल्थ प्याकेजहरु भदौ १५ सम्म सञ्चालन हुनेछन्। छुटसहितको हेल्थ प्याकेज सेवा लिनका लागि ०१–५९७००३२ मा सम्पर्क गर्न अस्पतालले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण