शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

आइतबार, ०१ भदौ २०८२, १४ : ०९
आइतबार, ०१ भदौ २०८२

सारांश

  • मोरङ, सिरहा र रुपन्देहीमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ।
  • मोरङमा मोटरसाइकल दुर्घटना हुँदा १७ वर्षीय युवकको मृत्यु भएको छ।
  • सिरहा र रुपन्देहीमा भएका दुर्घटनामा मोटरसाइकलको ठक्करबाट पैदलयात्री र मोटरसाइकल चालकको मृत्यु भएको छ।

काठमाडौँ । विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । मोरङ, सिरहा र रुपन्देहीमा भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको हो । 

मोरङको मिक्लाजुङ गाउँपालिका–३ टाँडी रमितेस्थित सडकमा मे. २ प ९०९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा चालक उर्लाबारी नगरपालिका–४ बस्ने १७ वर्षीय आरब डाँगीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै सिराहाको लहान नगरपालिका–१९ छरापट्टीस्थित सडकमा बीआर ३२ एसी ४१२९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–२३ गढीया बस्ने ५५ वर्षीय लखन मोतीको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारका क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

उता रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ जितगढीस्थित सडकमा लु १ ज ४४६६ नम्बरको बाेलेरोले लु १५ प ३४ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकल चालक अर्घाखाँची सन्धिखर्क नगरपालिका–४ वाग्ला बस्ने ३१ वर्षीय खुमा भुसालको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको एडमसिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ । हाल फरार बाेलेरो चालकको प्रहरीले खोजी गरिरहेको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप