शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

अध्यक्ष प्रचण्ड र विदेश सचिव मिस्रीबिच भेटवार्ता

आइतबार, ०१ भदौ २०८२, १६ : ५८
आइतबार, ०१ भदौ २०८२

सारांश

  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ।
  • भेटवार्तामा नेपाल-भारत द्विपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ।
  • भारतीय विदेश सचिव मिस्री नेपालको दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आएका हुन्।

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । 

नेपालको दुई दिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान काठमाडौँ आइपुगेका  सचिव मिस्रीले अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर भेटवार्ता गरेका हुन् । 

भेटमा नेपाल–भारत द्विपक्षीय हितका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप