पाखापानी र पात्लेखेतमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार
सारांश
- म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाको पाखापानी र पात्लेखेतमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको छ।
- नेपाल विद्युत् प्राधिकरणले 'उज्यालो म्याग्दी' कार्यक्रमअन्तर्गत विद्युत् विस्तार गरेको हो, जसबाट एक सय परिवार लाभान्वित हुनेछन्।
- विद्युतीकरणका लागि २२ करोड बजेटको आयोजना सञ्चालन भइरहेको छ, जसले म्याग्दीका विभिन्न स्थानमा विद्युत् विस्तार गर्नेछ।
म्याग्दी। जिल्लाको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको पाखापानी र पात्लेखेतमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत चिमखोलाबाट पाखापानी र पात्लेखेत गाउँमा केन्द्रीय लाइनको विद्युत् विस्तार भएको हो ।
मुख्य, शाखा लाइनको पोल गाड्ने, तार तान्ने र एक सय केभिए क्षमताको ट्रान्सफर्मर जडान सकिएपछि शनिबार गरिएको परीक्षण सफल भएको नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले बताए ।
उपभोक्ताको घरघरमा मिटर जडान भएपछि विद्युतीकरणको काम सकिने जनाउँदै उनले पात्लेखेत र पाखापानीमा एक सय परिवार यसबाट लाभान्वित हुने उल्लेख गरे । चिमखोला, नामीला टोलमा यसअघि केन्द्रीय लाइन पुगिसकेको छ ।
यहाँका बासिन्दाले हाल उज्यालोका लागि लघु जलविद्युत् परियोजना र सौर्य ऊर्जा प्रयोग गर्दै आएका थिए । ठेकेदार कम्पनी न्यू ढुङ्गाना निर्माण सेवाका सञ्चालक दिनेश ढुङ्गानाले बर्खायामको प्रतिकूल मौसम, सडक तथा यातायात अवरुद्ध भएको अवस्थामा पनि विद्युतीकरणको काम सम्पन्न गरिएको बताए ।
म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा विस्तारका लागि प्राधिकरणले आर्थिक वर्ष २०८०/८१ देखि रु २२ करोड बजेटको आयोजना सञ्चालन गर्दै आएको छ ।
उक्त आयोजनामार्फत यसअघि मालिका गाउँपालिका–१ निस्कोट, मालिका–२ रुम, मालिका–३ डाडागाउँ, पात्ले, मालिका–४ ओखरबोटका ६००, धवलागिरि गाउँपालिकाको मलम्पारका १५०, बुलका ४५ र चिउरीबोटका १३० घरमा विद्युतीकरण भइसकेको सूचना अधिकारी झाले जानकारी दिए ।
धवलागिरि गाउँपालिकाको लुलाङमा विद्युत् लाइन पुगे पनि उपभोक्ताले मिटर बक्स जडान गर्न बाँकी रहेको उनले उल्लेख गरे । “धवलागिरिको मल्कवाङमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ । यो ठेक्कामार्फत धवलागिरि–१ को गुर्जाबाहेकका बस्तीहरूमा केन्द्रीय विद्युत् विस्तार भइरहेको छ । अन्नपूर्ण गाउँपालिका–८ स्थित पर्यटकीय स्थल मोहर डाँडामा पनि केन्द्रीय विद्युत् सुविधा पुर्याउने योजना छ”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण