शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

भूमि विधेयक पारित, नोट अफ डिसेन्ट लेख्ने विपक्षीको तयारी

बिहीबार, ०५ भदौ २०८२, १२ : ५९
बिहीबार, ०५ भदौ २०८२

सारांश

  • कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमिसम्बन्धी तीन विधेयक बहुमतले पारित गरेको छ।
  • एमाले र कांग्रेसका सांसदले विधेयकलाई समर्थन जनाएका थिए।
  • विपक्षी दलले भने पारित विधेयकमा असहमत जनाउँदै नोट अफ डिसेन्ट लेख्ने तयारी गरेका छन्।

काठमाडौँ । संसदीय समितिबाट भूमि विधेयक पारित भएको छ । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बिहीबार प्रस्तावित भूमिसम्बन्धी तीन विधेयक बहुमतले पारित गरेको हो । 

 बैठकमा प्रस्तावित प्रतिवेदनमा एमाले र कांग्रेसका सांसदले समर्थन गरेका थिए । सो आधारमा विधेयक बहुमतले पारित भएको हो । 

तर, पारित भएको विधेयकमा विपक्षीले भने नोट अफ डिसेन्ट लेख्ने तयारी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीले सत्तापक्षले पास गरेको विधेयकमा आफूहरू सहमत नभएकोले नोट अफ डिसेन्ट लेख्न लागेको बताए । 

‘कांग्रेस एमाले मिलेर विधेयक पास गरे, हामी सहमत छैनौँ, प्रतिवेदनमा नोट अफ डिसेन्ट लेख्नेबारे छलफल गरिरहेका छौँ’, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप